निर्मल धिताल।बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टले नेपाललाई निकै प्रभावित पारेको छ। मृत्यु हुने बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। कोहि अक्सिजन नपाएर त कोहि बेड नपाएर छट्पटाइरहेका छ्न। नेपालको राजनीतिक अवस्था पनि तेस्तै गम्भीर मोडमा आएर अडिएको छ। आज मिति जेष्ठ ८ गते बिहान मन्त्रीपरिषद बैठकको निर्णयले संघिय संसद विघटन भएको छ र साथसाथै कार्तिक २६ मा पहिलो चरण र मङ्सिर ३ गते दोश्रो चरणको निर्वाचन समेत घोषणा भएको छ। जनताहरु अक्सिजन नपाएर उकुसमुकुस भैरहेको बेला देशमा चुनाब सम्भब होला कि नहोला भन्नेमा धेरैको चासो रहेको छ। वाइडबडी लगायतका उडानहरुले अन्य देशहरु बाट अक्सिजन सिलिन्डर त आयात गरिरहेका छन तर तेतिले पर्याप्त भैरहेको अवस्था छैन। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई आफ्नो हिसाबले सुरक्षीत गरिरहेको अवस्थामा नेपालमा भने निषेधाज्ञाको बिकल्प खोज्नै सकिएन। अब घोषणा भए अनुसारको निर्वाचन मिति आउन अझै ६/७ महिना बाकी रहदा आफ्ना नागरिक पुर्ण सुरक्षीत गराउनु सरकारको अपरीहार्यता बनेको छ। निर्वाचन हुनु बैठिक पनि हैन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षनै ...