Skip to main content

नो भ्याक्सिन नो भोट जरुरी छ

 


निर्मल धिताल।बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टले नेपाललाई निकै प्रभावित पारेको छ।  मृत्यु हुने बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। कोहि अक्सिजन नपाएर त कोहि बेड नपाएर छट्पटाइरहेका छ्न।


नेपालको राजनीतिक अवस्था पनि तेस्तै गम्भीर मोडमा आएर अडिएको छ। आज मिति जेष्ठ ८ गते बिहान मन्त्रीपरिषद बैठकको निर्णयले संघिय संसद विघटन भएको छ र साथसाथै कार्तिक २६
मा पहिलो चरण र मङ्सिर ३ गते दोश्रो चरणको निर्वाचन समेत घोषणा भएको छ। जनताहरु अक्सिजन नपाएर उकुसमुकुस भैरहेको बेला देशमा चुनाब सम्भब होला कि नहोला भन्नेमा धेरैको चासो रहेको छ। वाइडबडी लगायतका उडानहरुले अन्य देशहरु बाट अक्सिजन  सिलिन्डर त आयात गरिरहेका छन तर तेतिले पर्याप्त भैरहेको अवस्था छैन। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई आफ्नो हिसाबले सुरक्षीत गरिरहेको अवस्थामा नेपालमा भने निषेधाज्ञाको बिकल्प खोज्नै सकिएन। अब घोषणा भए अनुसारको निर्वाचन मिति आउन अझै ६/७ महिना बाकी रहदा आफ्ना नागरिक पुर्ण सुरक्षीत गराउनु सरकारको अपरीहार्यता बनेको छ।

निर्वाचन हुनु बैठिक पनि हैन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षनै निर्वाचन हो तर यो महामारीमा निर्वाचनले देशलाई निकास देला त? "हाम्रा देउता नबोल्ने ढुंगा होइनन्, जनता हुन्।" भन्ने स्व. मदन भन्डारीको भनाइ पनि उत्तिकै लोकप्रिय छ। जनता र देश रोइरहेको बेला राजनितिक खिचातानी कदापी स्विकार्य हुँदैन। यो बेला कसरी धेरै अक्सिजन सिलिन्डर र आइसोलेसन बेड उपलब्ध गराउन सकिन्छ भनेर दलहरुले छलफल गर्न जरुरी छ। अब आउने निर्वाचन भित्र जनतालाई सुरक्षित बनाउन सकियो भन्ने जनताले भोट खसाउन कुनै दुबिधा मान्ने छैनन्।

अब तत्काल सरकारले जनतालाई कोरोना विरुद्ध भ्याक्सिनको सुनिश्चितता गरेर मात्रै चुनाबमा जानुपर्छ। विभिन्न पहल गरेर अन्तर्राष्ट्रिय स्तरबाट वा नेपालमै अक्सिजन प्लान्ट निर्माण गरि जनतालाई बचाउनुपर्छ। अत: महामारीमा प्राथमिकता खोप अनि भोट भनेर सबै दलहरु अघि बढ्नुपर्छ अन्यथा जनताले कसैलाई पत्याउने वाला छैनन्।

Comments

Post a Comment

Popular posts from this blog

कल्पनाको शक्ति: मानसिक शान्ति र सृजनात्मकता प्राप्ति

हामी सबैलाई थाहा छ, धेरै जस्तो हामी  दैनिक कामकाजमा व्यस्त हुन्छौं, जस्तै कार्यालयको काम, पढाइ, घरका साना कामहरू, तर हाम्रो मस्तिष्क भने कहीँ टाढा, कल्पनामा हराएको हुन्छ। तपाईंको शरीर यथास्थितिमा रहन्छ, तर तपाईंको ध्यान भने कुनै कल्पनामा सँगै गुमेको हुन्छ। यो एक सामान्य प्रक्रिया हो, र यसको पछाडि थुप्रै मनोवैज्ञानिक कारणहरू छन्। किन हामी कल्पनामा हराउँछौं? कल्पना गर्दा हामी हाम्रो मानसिकता र सोचमा एक अनौठो यात्रा गर्दै जान्छौं। यसको कारण भनेको हाम्रो मस्तिष्कको विश्रामको आवश्यकता, समस्याको समाधानको खोजी, भावना र इच्छाहरूको पूर्ति, भविष्यको अन्वेषण, र रचनात्मकता हो। जब हामी थाकेका हुन्छौं, हाम्रो मस्तिष्क विश्रामको लागि कल्पना गर्छ। यसले समस्याहरूलाई नयाँ दृष्टिकोणबाट हल गर्न मद्दत पुर्याउँछ, र हामीलाई भावनात्मक राहत दिन्छ। कल्पनाले भविष्यका सम्भावनाहरू अन्वेषण गर्न र नयाँ उद्देश्यहरूको खोजी गर्न मद्दत गर्छ, जसले हाम्रो रचनात्मक सोचलाई सक्रिय बनाउँछ। १. रचनात्मकता र समस्या समाधान समस्या समाधान र सिर्जनात्मक सोचको विषयमा बेजमिन फ्रैंकलिनले भनेका थिए, "सपना देख्नाले केवल कल्पनामा पुर...

'टेन्सन' नालिग न, सब ठिक भैहाल्छ नी !

       कहिलेकाहीँ   हाम्रो   समाज   र   साथीहरूको   सर्कलमा   यस्तो   अवस्था   देखिन्छ ,  जहाँ   कोही   व्यक्ति   भित्रभित्रै   पीडामा   हुन्छ ,  उसको   मुहारमा   गहिरो   चिन्ता   देखिन्छ ,  बोलचाल   कम   हुन्छ ,  तर   हामीले   त्यसलाई   गम्भीर   रूपमा   बुझ्न   खोज्दैनौँ। त्यति   बेला   हामी   सजिलै   भन्छौँ , “ टेन्सन   नलिउ   न ,  बिस्तारै   ठीक   भइहाल्छ   नि।” तर   के   त्यो   यति   सजिलो   कुरा   हो   त ?  कसैको   मनको   घाउ   यति   सामान्य   सल्लाहले   भरिन   सक्छ   त ? कति   पटक   हामीले   आफू   वा   अरूलाई   भनिरहेका   हुन्छौं  ,  टेन्सन   नालिग   न ,  भोलि   सब   ठिक   हुन्छ ,  चाँडै   ठीक   हु...

शनिबारको साँझ: आराम मात्रै हैन, खेतबारी चारम !

  हप्ताको सबैभन्दा प्रतिक्षित दिन कुन होला ? मेरो लागि त निश्चय नै शनिबार। साता भरिको कामको लगाव , पढाइको चाप , र जिम्मेवारीको बोझले थकान थपिन्छ , तर शनिबारको दिन भने ती सबैबाट अलिकति मुक्ति पाउने अवसर हो। पेशागत जीवन र विद्यार्थी जीवनको सन्तुलन मिलाउँदै संघर्ष गर्नेहरूको लागि शनिबार एकदमै मूल्यवान् हुन्छ। आजको शनिबार पनि त्यस्तै रह्यो। साझको समय थियो। मम्मी खेततर्फ जानुभएको थियो , अनि म पनि पछि लागेर मम्मीसँगै गयो। खेतमा पाइला टेक्दै जान्नासाथ मनले रमाइलो महशुस गर्यो। जहाँ सास फेर्न सजिलो लाग्छ , त्यहाँ पुगेपछि कसलाई शान्ति नलाग्ला र ? मम्मीको नियमित मिहिनेतले खेतभरि हरियाली छाएको थियो। लौका र घिरौलाका बोटहरू झाँगिदै थिए , काँक्रा फुल्न थालेका थिए। केही ठाउँमा झार उमरेर बिरुवालाई घेरीसकेका थिए , गोडमेल गर्नुपर्ने थियो , पानी हाल्नुपर्ने थियो। मैले हात खुट्टा चलाएर झार उखेलें , बोटबिरुवामा पानी हालें , र माटो छामें। शारीरिक थकान त महसुस भयो , तर त्यो थकानमा एउटा अचम्मको शान्ति थियो , एउटा सन्तोष थियो जुन मैले कहिल्यै कार्यालयको सफल मिटिङपछि पनि पाएको थिइनँ। दिन ढल्न थाल्यो। सूर...