Skip to main content

Posts

Showing posts from April, 2024

कविता- कल्पनाको जीवनसाथी

 प्रीय जीवनसाथी, तिमि लजालु हुनु थोरै अनि मायालु हुनु थोरै कहिलेकाही रिसाउन पनि पर्छ मेरो लागि मिठो गीत गाउन पनि पर्छ, धेरै ठुलो कहिल्यै केही खोज्दिन म, तिमि पाएपछि कहिँ कतै कोहि रोज्दिन म, मै रिसाए भने पनि , फकाउन आउ है  काम मै गरुला तर सघाउन आउ है तिमिलाई पर्ने हरेक दु:ख मैरै जिम्मा लगाइदिए हुन्छ भोको मै बसौला कहिलेकाही , तिमी अघाइदिए हुन्छ अह ! गर्दिनँ कहिल्यै शंका पूरा बिश्वास छ तिमिमा रिसाउ तर धोका नदेउ है, मैले फेर्ने स्वास छ तिमिमा आउँछ नी समय हाम्रो पनि, सङै मिलेर कमाउला नी है, रिस गर्लान अरुले, तिमिले म , मैले तिमिलाई हेरी रमाउला नी है समस्याको चाङ लाएपनी केही छैन तिमी साथ भयौ भने आधी हुरी झरी बतास आएपनि केही छैन तिमी साथ भयौ भने, प्रीय जीवनसाथी, तिम्रो आँसु पुसिदिने म छदै छु नी दुखी हुँदा खुशी दिने म छदै छु नी जे चाहियो त्यै पुर्याउन नसकुला,तर अभाव केहिको हुन दिने छैन, सधैं खुशी बनाइराख्न नसकुला, तर मेरो कारणले रुने दिने छैन मेरी आमाको पनि साथी बन्दिनु है सन्चो नहुदा " के भयो मम्मी?" भन्दिनु है तिमिले सार्न मिल्ने बेथा मैलाइ सारिदिउ बरु सजिलो हुन्छ भने तिमिलाई, अप्ठ...