Skip to main content

कविता- कल्पनाको जीवनसाथी

 प्रीय जीवनसाथी,


तिमि लजालु हुनु थोरै

अनि मायालु हुनु थोरै

कहिलेकाही रिसाउन पनि पर्छ

मेरो लागि मिठो गीत गाउन पनि पर्छ,

धेरै ठुलो कहिल्यै केही खोज्दिन म,

तिमि पाएपछि कहिँ कतै कोहि रोज्दिन म,

मै रिसाए भने पनि , फकाउन आउ है 

काम मै गरुला तर सघाउन आउ है

तिमिलाई पर्ने हरेक दु:ख मैरै जिम्मा लगाइदिए हुन्छ

भोको मै बसौला कहिलेकाही , तिमी अघाइदिए हुन्छ

अह ! गर्दिनँ कहिल्यै शंका पूरा बिश्वास छ तिमिमा

रिसाउ तर धोका नदेउ है, मैले फेर्ने स्वास छ तिमिमा

आउँछ नी समय हाम्रो पनि, सङै मिलेर कमाउला नी है,

रिस गर्लान अरुले, तिमिले म , मैले तिमिलाई हेरी रमाउला नी है

समस्याको चाङ लाएपनी केही छैन तिमी साथ भयौ भने

आधी हुरी झरी बतास आएपनि केही छैन तिमी साथ भयौ भने,

प्रीय जीवनसाथी,

तिम्रो आँसु पुसिदिने म छदै छु नी

दुखी हुँदा खुशी दिने म छदै छु नी

जे चाहियो त्यै पुर्याउन नसकुला,तर अभाव केहिको हुन दिने छैन,

सधैं खुशी बनाइराख्न नसकुला, तर मेरो कारणले रुने दिने छैन

मेरी आमाको पनि साथी बन्दिनु है

सन्चो नहुदा " के भयो मम्मी?" भन्दिनु है

तिमिले सार्न मिल्ने बेथा मैलाइ सारिदिउ बरु

सजिलो हुन्छ भने तिमिलाई, अप्ठ्यारोमा मैलाई पारीदेउ बरु,

कहिलेकाही घरको काम पनि सघाउनु पर्छ नी

आफुले नसके" यो काम गर्दिनु है" भनेर मलाइ नी लगाउनु पर्छ नी!

तिमि आएपछि जूनको ज्योति नै आएजस्तै भो भनुन न गाउँलेले पनि

साक्षात लक्ष्मी नै पाएजस्तो भो  भनुन न गाउँलेले पनि

तिमि मनको धनी भएर आउ है

म दुखी भएको बेला " फन्नी" भएर आउ है

यादहरु यो मनमा थुनेर मात्रै , मुटुले मलाइ धड्किने अनुमानि दियोस

तिम्रो बोली सुनेर मात्रै आखाले मलाइ निदाउने अनुमती दियोस!

प्रीय जीवनसाथी,

तिम्रो साथ चाहिएको हो मलाइ, अरु त म संग नी छ

दुख पर्दा हात चाहिएको हो मलाइ , अरु त म सङ नी छ

तिम्रो माया र साथको लागि म जस्तोसुकै योगदान गर्न पनि तयार

अमृत र जहर मध्य रोज्नैपर्यो भने, तिमिलाइ अमृत दिई म जहर पान गर्न पनि तयार

Comments

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...