Skip to main content

Posts

Showing posts from January, 2025
"हामीले पनि रुन पाउनुपर्छ" सानोमा आमालाई मिठाइ किन्दिनु न भनेर रुँदा, "छोरा मान्छे भएर रुनु हुन्छ?" भन्ने प्रश्नले मेरो आँसुलाइ नै अपराध ठहर्यायो। त्यो दिनदेखि, मेरो आँखा सुख्खा जमीनजस्तो भयो, जहाँ आँसु बग्नै पाउँदैनथ्यो। स्कुलको कक्षामा, आँखा रातो पार्दै पिडा लुकाएर छिर्दा, "रुन्चे" भनेर जिस्काउनेहरूका हाँसोले मेरो भित्री चोटलाई गिज्यायो। र, म बुझ्दै गएँ "छोरामान्छे भएर त बलियो देखिनुपर्छ" भन्ने समाजको नारा मेरो हृदयमा हथौडाले झैं बजाइरह्यो । समाजले भनेको छ, छोरा मान्छे कमजोर हुनु हुँदैन, आँसु उसको जीवनको हिस्सा हुँदैन। तर कसलाई थाहा छ, कसरी आँसु पिउँदा पिउँदा मनभरि समुद्र बनेको हुन्छ, कसरी मुस्कानको आवरणले भित्रका आँधीहरू छोपिन्छन्। जब हामी हाँस्न पाउँछौं, सबैले भन्छ्न, "मोज छ जिन्दगी" तर हामीले रुन खोज्दा, किन सबै अचम्मित हुन्छन्? के रुनु खुशी जस्तै भावना होइन र? के आँसु बहाउनु पनि आत्माको स्वच्छता होइन र? हास्न हुन्छ भने, रुन किन नहुने रहेछ? यो प्रश्नको चित्तबुझ्दो उत्तर, अहँ! मैले कहिल्यै पाइन । रुनु कमजोरी होइन, यो त हृदयले आफ्नो ...