Skip to main content

Posts

Showing posts from September, 2025

दशैंको टीका: आशिर्वादको उज्यालोमा सामाजिक प्रश्नको छायाँ

 - Nirmal Dhital दशैँको टीका थाप्ने बेलामा आशीर्वादभन्दा पहिले अनेकौं सामाजिक प्रश्नहरु बज्ने गर्छन,  “अब त बिहे गर्ने बेला भएन?”  ,  ‘ अहिलेसम्म बिदेश किन नगएको ?   ‘’ । दशैंको टिका र आशिर्बाद थाप्न जमरा र टिका त तयार भइरहेका हुन्छन् ,  तर मनको कुनामा चाहिँ यी प्रश्नहरूको डर पनि तयार भइरहेको हुन्छ र यस्तै प्रश्नहरूको चापले हाम्रो अनुहारमा कहिलेकाहीँ अनावश्यक मुस्कान ल्याउछ। “ दशैंको टीका थाप्न हर्ष लाग्ने क्षणमा नजिकका आफन्तहरूले सोधिदिने व्यक्तिगत प्रश्नहरूले खुशीको त्यो सन्दर्भ नै ढाक्ने गर्छन्। उदाहरणका लागि, “ बिहे कहिले गर्ने ?”  भन्ने सोधाइ दशैंको सुखद परम्परामा कालो बादल झैँ ढाक्दै हाम्रा मनमा अनाहक निराशा ल्याउँछ।बिहेको मौसम या सामुहिक चाडमा आफन्त ,  छरछिमेक ,  साथीभाइको एउटै प्रश्न हुन्छ, “बिहे कहिले गर्ने ?  ढिला भएन र ?…” । त्यस्तै , “ तपाईं विदेश किन नगएको ?”  भन्ने प्रश्नले त छुटै आत्मग्लानि र असन्तुष्टिको भाव ल्याउँछ ,  जसरी सामाजिक तुलना चर्किन्छ। नेपालमा जीवनलाई विशेष स्क्रिप्ट अनुसार चल्नुपर्ने विश्वास रहि आएक...