Skip to main content

दशैंको टीका: आशिर्वादको उज्यालोमा सामाजिक प्रश्नको छायाँ

 - Nirmal Dhital

दशैँको टीका थाप्ने बेलामा आशीर्वादभन्दा पहिले अनेकौं सामाजिक प्रश्नहरु बज्ने गर्छन, “अब त बिहे गर्ने बेला भएन?” अहिलेसम्म बिदेश किन नगएको? ‘’। दशैंको टिका र आशिर्बाद थाप्न जमरा र टिका त तयार भइरहेका हुन्छन्तर मनको कुनामा चाहिँ यी प्रश्नहरूको डर पनि तयार भइरहेको हुन्छ र यस्तै प्रश्नहरूको चापले हाम्रो अनुहारमा कहिलेकाहीँ अनावश्यक मुस्कान ल्याउछ। “


दशैंको टीका थाप्न हर्ष लाग्ने क्षणमा नजिकका आफन्तहरूले सोधिदिने व्यक्तिगत प्रश्नहरूले खुशीको त्यो सन्दर्भ नै ढाक्ने गर्छन्। उदाहरणका लागि, “बिहे कहिले गर्ने?” भन्ने सोधाइ दशैंको सुखद परम्परामा कालो बादल झैँ ढाक्दै हाम्रा मनमा अनाहक निराशा ल्याउँछ।बिहेको मौसम या सामुहिक चाडमा आफन्तछरछिमेकसाथीभाइको एउटै प्रश्न हुन्छ, “बिहे कहिले गर्नेढिला भएन र?…”। त्यस्तै, “तपाईं विदेश किन नगएको?” भन्ने प्रश्नले त छुटै आत्मग्लानि र असन्तुष्टिको भाव ल्याउँछजसरी सामाजिक तुलना चर्किन्छ।

नेपालमा जीवनलाई विशेष स्क्रिप्ट अनुसार चल्नुपर्ने विश्वास रहि आएको छ, पहिले राम्रो पढाइत्यसपछि जागिरअनि विवाह र सन्तान। युवा पुस्ताले व्यक्तिगत स्वतन्त्रता र करियरलाई प्राथमिकता दिन थाले पनि२५ वर्ष नपुग्दै विवाहको दबाब अनुभव गर्न थाल्छन्। दशैं जस्ता सामूहिक चाडमा परिवारका सदस्यहरू भेट हुँदा जीवनको त्यो अप्रत्याशित “स्क्रिप्ट” अझ स्पष्ट रुपमा प्रदर्शन हुन्छ। परिपक्व स्वरहरूमा “हाम्रो पालामा त हामीले २२/२३ मै बिहे गरेअब त समय छैन” जस्ता टिप्पणी आउँछन्। यस्ता शब्दहरूले कम अनुभव बहेका युवा मानसपटलमा असहजता भर्ने मात्र होइनपरम्परागत मान्यताको ओइरो ले थप बोझ थोपर्छ। दशैंले ल्याएको सामूहिकता यसरी कहिलेकाहीँ व्यक्तिगत यात्राको तुलनात्मक हिसाब किताबमा परिणत हुन्छ।

जिज्ञासु देखिने यस्ता प्रश्नहरूको पछाडि प्रायः सामाजिक नियन्त्रणको भावना लुकेको हुन्छ। कोही “बिदेश किन नगएको?” भन्छजसको साँघुरो अर्थ “तिमीले आफ्नो जीवन ठिकसँग चलाउन सकेको छैन।” भन्ने हुन जान्छ . विवाहजागिर वा विदेशजस्ता प्रसंगमा सोधिने प्रश्नहरूले हाम्रो व्यक्तिगत यात्रामाथि समाजले थोपर्ने अपेक्षाहरूलाई उजागर गर्छन्। अनि हामी आफैंलाई “के म साचिकै पछी त् परिरहेको छैन?” वा “के मैले नेपालमै बसेर गल्ती गरिरहेको त” छैन?’ भन्ने जस्ता प्रश्नहरु सोध्न थाल्छौं।

यी प्रश्नहरूले कुनै न कुनै रुपमा पक्कै पनि आत्मसम्मानमा चोट पुर्‍याउँछन्। निरन्तर तुलना र मूल्याङ्कनले आफूलाई असफल ठान्ने सोच पलाउन सक्छ । छोरीहरूको उमेरसँग जोडेर विवाहको प्रश्न गर्नु त झन “एक प्रकारको हिंसा” नै होजसले आत्मग्लानि र असुरक्षाको भाव जगाउँछ। जीवनको निजी पाटोहरू बारम्बार खोस्सिँदा भित्रैदेखि थकान पैदा हुन्छ, जसलाई शब्दमा भन्न सकिँदैन तर मनको गहिराइमा महसुस भैरहेको हुन्छ ।

तर दशैंको वास्तविक महत्व यस्ता प्रश्नहरूमा छैन। टीकाको रङ आशिष र एकताको प्रतीक होपरीक्षा होइन। यस पर्वमा घरपरिवार र आफन्तसँग बसेर जीवनका नयाँ शक्ति र उमङ्ग प्राप्त गर्ने परम्परा रहिआएको छ। टीका थाप्दा प्रेमसुरक्षा र दीर्घायुको सन्देश सञ्चारित हुन्छ, हामीलाई टाढा धकेल्ने होइन नजिक ल्याउन उत्प्रेरित गर्छ। दशैं जस्ता चाडपर्वहरुको सच्चा शक्ति भनेकै परिवार र संस्कारले दिएको धैर्य हो जसले हामीलाई समाजका प्रश्नहरूको भीडबीच पनि आफ्नै बाटो हिँड्न सक्ने आत्मविश्वास दिन्छ।

Comments

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...