Skip to main content

Posts

Showing posts from October, 2026

खुशी सुनाउनु मात्रै पर्याप्त छ?

हामी दुःखी हुँदा आफ्नो कुरा सुनिदिने , आफूले भोगेको पीडा बुझिदिने र कठिन समयमा साथ दिने मान्छे खोज्छौँ। आफ्ना भावना व्यक्त गर्न नपाउँदा वा मनका कुरा गुम्स्याएर राख्नुपर्दा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ भन्ने विषयमा मनोविज्ञानमा धेरै अध्ययन भएका छन्। तर एउटा प्रश्नमा हाम्रो ध्यान कम जाने गर्छ , दुःख मात्र होइन , खुशी बाँड्न नपाउँदा वा खुशी बाँडेपछि पनि आफूले खोजेको भावनात्मक अनुभूति प्राप्त नहुँदा के हुन्छ ? कुनै काम सफल हुँदा , लामो समयदेखिको प्रयासले परिणाम दिँदा वा आफूले चाहेको अवसर प्राप्त गर्दा हामी त्यो खुशी नजिकको मान्छेसँग बाँड्न चाहन्छौँ। कहिलेकाहीँ हामीलाई बधाई वा प्रशंसा मात्र चाहिएको हुँदैन , आफूले किन खुशी महसुस गरिरहेका छौँ भन्ने अर्को व्यक्तिले बुझोस् र हाम्रो उत्साहमा सहभागी होस् भन्ने चाहना पनि हुन्छ। तर कुरा सुनाइसकेपछि पनि आफूलाई बुझिएको वा आफ्नो खुशीमा अर्को व्यक्ति सहभागी भएको अनुभूति नहुँदा मनमा एउटा अपूरोपन रहन सक्छ। खुशी बाँड्ने प्रक्रियाबारे मनोविज्ञानले के भन्छ ? मनोविज्ञानमा आफ्नो जीवनका सकारात्मक घटनाहरू अरूसँग साझा गर्ने प्रक्रियालाई capitalization ...

दशैँमा टीकासँगै थाप्नुपर्ने प्रश्नहरू

“अब त बिहे गर्ने बेला भएन र?” “अहिलेसम्म विदेश नगएको?” दशैँमा टीका थाप्न जाँदा यस्ता प्रश्नसँग धेरैको भेट हुन्छ। सोध्नेका लागि यी सामान्य जिज्ञासा हुन्। जवाफ दिनेहरू पनि प्रायः मुस्कुराउँदै आफ्नो अवस्थाबारे बताउँछन् वा कुरा टार्छन्। तर कहिलेकाहीँ कुराकानी सकिएपछि पनि मनमा एउटा प्रश्न बाँकी रहन्छ, के म आफ्नो जीवनमा अरूले अपेक्षा गरेअनुसार अघि बढिरहेको छैन? हाम्रो समाजमा जीवनको एउटा निश्चित खाका अझै बलियो छ। पढाइ सकेपछि जागिर, त्यसपछि विवाह र सन्तान। विदेश जानुलाई आर्थिक उन्नति र राम्रो भविष्यको सङ्केतका रूपमा पनि हेरिन्छ। यीमध्ये कुनै बाटो रोज्नु आफैँमा गलत होइन। समस्या तब सुरु हुन्छ, जब यही खाकालाई सबैको जीवन मापन गर्ने मापदण्ड बनाइन्छ। “हाम्रो पालामा त यो उमेरमै बिहे गरिसकेका थियौँ” भन्ने टिप्पणीले पनि अर्को पुस्ताले त्यही समयतालिकाअनुसार अघि बढ्नुपर्ने दबाब दिन सक्छ। तर विवाह, जागिर र विदेश जाने निर्णय सबैका लागि एउटै अर्थ राख्दैनन्। कसैले विवाह गर्न चाहेर पनि परिस्थिति मिलाउन नसकेको हुन सक्छ। कोही विदेश जाने अवसर खोजिरहेको हुन सक्छ भने कोही नेपालमै आफ्नो भविष्य बनाउन चाहिरहेको हुन स...