Skip to main content

शनिबारको साँझ: आराम मात्रै हैन, खेतबारी चारम !

 

हप्ताको सबैभन्दा प्रतिक्षित दिन कुन होला? मेरो लागि त निश्चय नै शनिबार। साता भरिको कामको लगाव, पढाइको चाप, र जिम्मेवारीको बोझले थकान थपिन्छ, तर शनिबारको दिन भने ती सबैबाट अलिकति मुक्ति पाउने अवसर हो। पेशागत जीवन र विद्यार्थी जीवनको सन्तुलन मिलाउँदै संघर्ष गर्नेहरूको लागि शनिबार एकदमै मूल्यवान् हुन्छ।


आजको शनिबार पनि त्यस्तै रह्यो। साझको समय थियो। मम्मी खेततर्फ जानुभएको थियो
, अनि म पनि पछि लागेर मम्मीसँगै गयो। खेतमा पाइला टेक्दै जान्नासाथ मनले रमाइलो महशुस गर्यो। जहाँ सास फेर्न सजिलो लाग्छ, त्यहाँ पुगेपछि कसलाई शान्ति नलाग्ला र?

मम्मीको नियमित मिहिनेतले खेतभरि हरियाली छाएको थियो। लौका र घिरौलाका बोटहरू झाँगिदै थिए, काँक्रा फुल्न थालेका थिए। केही ठाउँमा झार उमरेर बिरुवालाई घेरीसकेका थिए, गोडमेल गर्नुपर्ने थियो, पानी हाल्नुपर्ने थियो। मैले हात खुट्टा चलाएर झार उखेलें, बोटबिरुवामा पानी हालें, र माटो छामें। शारीरिक थकान त महसुस भयो, तर त्यो थकानमा एउटा अचम्मको शान्ति थियो, एउटा सन्तोष थियो जुन मैले कहिल्यै कार्यालयको सफल मिटिङपछि पनि पाएको थिइनँ।

दिन ढल्न थाल्यो। सूर्य पश्चिमतिर झुक्दै थियो र बोटका पातहरूमा हल्का सुनौलो छायाँ खेलिरहेका थिए। म खेतको एक छेउमा बसेर एकछिन स्वास फेरेँ र सोचें, "म यात्रा कहाँ गर्दैछु?" जिम्मेवारी पुरा गर्नुपर्ने दौडधूपमा के मैले मेरो जरा, मेरो भुईँ, र माटोको गन्धलाई बिर्सेर मात्र अघि बढिरहेको थिएँ? आज फेरि त्यो गन्धमा समाहित भइ मैले आफैंलाई फेला पाएको जस्तो लाग्यो।

शनिबारलाई कतिले केवल आरामको दिन मान्छन्। हो, म पनि आराम चाहन्छु, तर मेरो लागि त्यो आराम ओछ्यानमा होइन, खेतबारीमा भेटिन्छ। माटोको गन्ध, आमाको पसिनाको सुघाइ, र हरियालीको सौन्दर्य,यी सबैले मेरो आत्मा चित्त बुझाउने तत्वहरूको रूपमा कार्य गर्छन्।

आज फेरि एक पटक महसुस गरें, जीवनका लक्ष्यहरू, काम, पढाइ, र सफलताको दौड सबै महत्त्वपूर्ण छन्, तर कहिलेकाहीं आफैंसँग समय बिताउनु र माटोको गन्धमा हराउनु पनि अत्यन्त आवश्यक छ। यस्ता साना क्षणहरू नै जीवनलाई ताजा र सन्तुलित बनाउन मद्दत गर्छन्।

लेखक परिचय:
निर्मल धिताल एक युवा लेखक हुन्, जो पेशागत र विद्यार्थी जीवन सँगै आत्मसन्तोष र शान्तिको खोजीमा छन्।

Comments

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...