Skip to main content

'टेन्सन' नालिग न, सब ठिक भैहाल्छ नी !

     

कहिलेकाहीँ हाम्रो समाज  साथीहरूको सर्कलमा यस्तो अवस्था देखिन्छजहाँ कोही व्यक्ति भित्रभित्रै पीडामा हुन्छउसको मुहारमा गहिरो चिन्ता देखिन्छबोलचाल कम हुन्छतर हामीले त्यसलाई गम्भीर रूपमा बुझ्न खोज्दैनौँ।

त्यति बेला हामी सजिलै भन्छौँ, “टेन्सन नलिउ बिस्तारै ठीक भइहाल्छ नि।”
तर के त्यो यति सजिलो कुरा हो कसैको मनको घाउ यति सामान्य सल्लाहले भरिन सक्छ ?


कति पटक हामीले आफू वा अरूलाई भनिरहेका हुन्छौं , टेन्सन नालिग भोलि सब ठिक हुन्छचाँडै ठीक हुन्छ। तर कति जनालाई त्यो ‘टेन्सन नालिग’ भन्ने वाक्यले वास्तवमा टेन्सन नलाग्ने बनाएको  कोही छैन नि। कतिपयका लागि  त्यो वाक्य नै झन् गहिरो पीडाको कारण बन्छ। किनभने त्यो वाक्यसँग ‘सुन्ने कोही छैन’ भन्ने अनुभूति जोडिएको छ।

जब मनमा कुरा खेल्छतनाव हुन्छसमस्या हुन्छसबैभन्दा पहिले कसैले “के भएको  तिमीलाई?” भनेर सोध्दिए हुन्थ्यो जस्तो लाग्छ। त्यो सोध्ने प्रश्नले मात्रै होइनसुनिरहने मनले पनि केही हदसम्म आराम दिन्छ। तर हाम्रो समाजमा त्यो कहिल्यै सजिलो हुँदैन।

धेरैले भन्छन् , आफूलाई धेरै बोल्न मन लाग्दैन किनभने सुनिदिने मान्छे छैन। समस्या  भन्नासाथ सुनुवाइ बन्द हुन्छ। समाधान खोज्न दबाब आउँछअनि नबोली बस्न बाध्य बनाइन्छ। कतिपयले  ‘टेन्सन नालिग न’ भनिरहेर टाढा हुन्छन्। किनभने त्यो वाक्यमा त्यस्तो तात्त्विक मायाँ हुँदैन जस्तो लाग्छ।

यसरी कुरा खोल्न नसक्नेसाँचो अनुभूति बोकेका मान्छेलाई त्यस वाक्यले हलुका बनाउने होइनउल्टै बोझ थप्न सक्छ। “मैले नै टेन्सन लिएर सबै बिगिएको रहेछ” भन्ने लाग्छ  आफुले आफुलाइ दिने दोष झन् बढेर जान सक्छ। यो सत्य हो किटेन्सन कहिलेकाहीं भित्रै दबाएर राख्न सकिँदैन। बोल्न पाएन भने त्यो तनाव बढ्दै जान्छ।

टेन्सन नालिग न” भन्नु सरल  तर जब त्यसलाई औपचारिक सल्लाह भन्दा पहिले माया  साथको रुपमा लिनुपर्छ। त्यही माया  भने मानिसले “म एक्लो छैन” भन्ने विश्वासका साथ अगाडि बढ्छ।

अन्ततःतनावलाई बुझ्ने, “के भयो तिमीलाई?”, “के कारणले तनाब लागिरहेको  ?” जस्ता प्रश्नहरु सोध्ने  एक अर्कालाई सुन्ने संस्कारले मात्र हामीले कसैलाई वास्तविक रुपमा भावनात्मक सहयोग गर्न सक्छौं। त्यसैलेटेन्सन नालिग  भन्दा पहिलाएकपटक आफैंलाई  अरूलाई सोधौं।

समाजमा सफलताको कुरा मात्रै सुनाउनुपर्छ भन्ने दबाबलेपीडानिराशा  असफलतालाई लुकाउनुपर्छ भनी सिकाइएको छ। तर त्यो लुकाउने प्रक्रिया नै अन्ततः हाम्रो मनोसामाजिक स्वास्थ्यमा असर गर्छ। त्यसैलेहामीलाइ एक अर्कासँग खुलेर कुरा गर्ने संस्कार चाहिन्छ। जहाँ प्रश्न सोध्नसुनिरहन  स्वीकार गर्न सकियोस्।  त्यस्तो बातावरण  संस्कार निर्माण गर्ने तपाइँ हामीले नै हो।

 

 

Comments

Popular posts from this blog

कल्पनाको शक्ति: मानसिक शान्ति र सृजनात्मकता प्राप्ति

हामी सबैलाई थाहा छ, धेरै जस्तो हामी  दैनिक कामकाजमा व्यस्त हुन्छौं, जस्तै कार्यालयको काम, पढाइ, घरका साना कामहरू, तर हाम्रो मस्तिष्क भने कहीँ टाढा, कल्पनामा हराएको हुन्छ। तपाईंको शरीर यथास्थितिमा रहन्छ, तर तपाईंको ध्यान भने कुनै कल्पनामा सँगै गुमेको हुन्छ। यो एक सामान्य प्रक्रिया हो, र यसको पछाडि थुप्रै मनोवैज्ञानिक कारणहरू छन्। किन हामी कल्पनामा हराउँछौं? कल्पना गर्दा हामी हाम्रो मानसिकता र सोचमा एक अनौठो यात्रा गर्दै जान्छौं। यसको कारण भनेको हाम्रो मस्तिष्कको विश्रामको आवश्यकता, समस्याको समाधानको खोजी, भावना र इच्छाहरूको पूर्ति, भविष्यको अन्वेषण, र रचनात्मकता हो। जब हामी थाकेका हुन्छौं, हाम्रो मस्तिष्क विश्रामको लागि कल्पना गर्छ। यसले समस्याहरूलाई नयाँ दृष्टिकोणबाट हल गर्न मद्दत पुर्याउँछ, र हामीलाई भावनात्मक राहत दिन्छ। कल्पनाले भविष्यका सम्भावनाहरू अन्वेषण गर्न र नयाँ उद्देश्यहरूको खोजी गर्न मद्दत गर्छ, जसले हाम्रो रचनात्मक सोचलाई सक्रिय बनाउँछ। १. रचनात्मकता र समस्या समाधान समस्या समाधान र सिर्जनात्मक सोचको विषयमा बेजमिन फ्रैंकलिनले भनेका थिए, "सपना देख्नाले केवल कल्पनामा पुर...

शनिबारको साँझ: आराम मात्रै हैन, खेतबारी चारम !

  हप्ताको सबैभन्दा प्रतिक्षित दिन कुन होला ? मेरो लागि त निश्चय नै शनिबार। साता भरिको कामको लगाव , पढाइको चाप , र जिम्मेवारीको बोझले थकान थपिन्छ , तर शनिबारको दिन भने ती सबैबाट अलिकति मुक्ति पाउने अवसर हो। पेशागत जीवन र विद्यार्थी जीवनको सन्तुलन मिलाउँदै संघर्ष गर्नेहरूको लागि शनिबार एकदमै मूल्यवान् हुन्छ। आजको शनिबार पनि त्यस्तै रह्यो। साझको समय थियो। मम्मी खेततर्फ जानुभएको थियो , अनि म पनि पछि लागेर मम्मीसँगै गयो। खेतमा पाइला टेक्दै जान्नासाथ मनले रमाइलो महशुस गर्यो। जहाँ सास फेर्न सजिलो लाग्छ , त्यहाँ पुगेपछि कसलाई शान्ति नलाग्ला र ? मम्मीको नियमित मिहिनेतले खेतभरि हरियाली छाएको थियो। लौका र घिरौलाका बोटहरू झाँगिदै थिए , काँक्रा फुल्न थालेका थिए। केही ठाउँमा झार उमरेर बिरुवालाई घेरीसकेका थिए , गोडमेल गर्नुपर्ने थियो , पानी हाल्नुपर्ने थियो। मैले हात खुट्टा चलाएर झार उखेलें , बोटबिरुवामा पानी हालें , र माटो छामें। शारीरिक थकान त महसुस भयो , तर त्यो थकानमा एउटा अचम्मको शान्ति थियो , एउटा सन्तोष थियो जुन मैले कहिल्यै कार्यालयको सफल मिटिङपछि पनि पाएको थिइनँ। दिन ढल्न थाल्यो। सूर...