Skip to main content

'टेन्सन' नालिग न, सब ठिक भैहाल्छ नी !

     

कहिलेकाहीँ हाम्रो समाज  साथीहरूको सर्कलमा यस्तो अवस्था देखिन्छजहाँ कोही व्यक्ति भित्रभित्रै पीडामा हुन्छउसको मुहारमा गहिरो चिन्ता देखिन्छबोलचाल कम हुन्छतर हामीले त्यसलाई गम्भीर रूपमा बुझ्न खोज्दैनौँ।

त्यति बेला हामी सजिलै भन्छौँ, “टेन्सन नलिउ बिस्तारै ठीक भइहाल्छ नि।”
तर के त्यो यति सजिलो कुरा हो कसैको मनको घाउ यति सामान्य सल्लाहले भरिन सक्छ ?


कति पटक हामीले आफू वा अरूलाई भनिरहेका हुन्छौं , टेन्सन नालिग भोलि सब ठिक हुन्छचाँडै ठीक हुन्छ। तर कति जनालाई त्यो ‘टेन्सन नालिग’ भन्ने वाक्यले वास्तवमा टेन्सन नलाग्ने बनाएको  कोही छैन नि। कतिपयका लागि  त्यो वाक्य नै झन् गहिरो पीडाको कारण बन्छ। किनभने त्यो वाक्यसँग ‘सुन्ने कोही छैन’ भन्ने अनुभूति जोडिएको छ।

जब मनमा कुरा खेल्छतनाव हुन्छसमस्या हुन्छसबैभन्दा पहिले कसैले “के भएको  तिमीलाई?” भनेर सोध्दिए हुन्थ्यो जस्तो लाग्छ। त्यो सोध्ने प्रश्नले मात्रै होइनसुनिरहने मनले पनि केही हदसम्म आराम दिन्छ। तर हाम्रो समाजमा त्यो कहिल्यै सजिलो हुँदैन।

धेरैले भन्छन् , आफूलाई धेरै बोल्न मन लाग्दैन किनभने सुनिदिने मान्छे छैन। समस्या  भन्नासाथ सुनुवाइ बन्द हुन्छ। समाधान खोज्न दबाब आउँछअनि नबोली बस्न बाध्य बनाइन्छ। कतिपयले  ‘टेन्सन नालिग न’ भनिरहेर टाढा हुन्छन्। किनभने त्यो वाक्यमा त्यस्तो तात्त्विक मायाँ हुँदैन जस्तो लाग्छ।

यसरी कुरा खोल्न नसक्नेसाँचो अनुभूति बोकेका मान्छेलाई त्यस वाक्यले हलुका बनाउने होइनउल्टै बोझ थप्न सक्छ। “मैले नै टेन्सन लिएर सबै बिगिएको रहेछ” भन्ने लाग्छ  आफुले आफुलाइ दिने दोष झन् बढेर जान सक्छ। यो सत्य हो किटेन्सन कहिलेकाहीं भित्रै दबाएर राख्न सकिँदैन। बोल्न पाएन भने त्यो तनाव बढ्दै जान्छ।

टेन्सन नालिग न” भन्नु सरल  तर जब त्यसलाई औपचारिक सल्लाह भन्दा पहिले माया  साथको रुपमा लिनुपर्छ। त्यही माया  भने मानिसले “म एक्लो छैन” भन्ने विश्वासका साथ अगाडि बढ्छ।

अन्ततःतनावलाई बुझ्ने, “के भयो तिमीलाई?”, “के कारणले तनाब लागिरहेको  ?” जस्ता प्रश्नहरु सोध्ने  एक अर्कालाई सुन्ने संस्कारले मात्र हामीले कसैलाई वास्तविक रुपमा भावनात्मक सहयोग गर्न सक्छौं। त्यसैलेटेन्सन नालिग  भन्दा पहिलाएकपटक आफैंलाई  अरूलाई सोधौं।

समाजमा सफलताको कुरा मात्रै सुनाउनुपर्छ भन्ने दबाबलेपीडानिराशा  असफलतालाई लुकाउनुपर्छ भनी सिकाइएको छ। तर त्यो लुकाउने प्रक्रिया नै अन्ततः हाम्रो मनोसामाजिक स्वास्थ्यमा असर गर्छ। त्यसैलेहामीलाइ एक अर्कासँग खुलेर कुरा गर्ने संस्कार चाहिन्छ। जहाँ प्रश्न सोध्नसुनिरहन  स्वीकार गर्न सकियोस्।  त्यस्तो बातावरण  संस्कार निर्माण गर्ने तपाइँ हामीले नै हो।

 

 

Comments

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...