निर्मल धिताल।बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टले नेपाललाई निकै प्रभावित पारेको छ। मृत्यु हुने बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। कोहि अक्सिजन नपाएर त कोहि बेड नपाएर छट्पटाइरहेका छ्न।
नेपालको राजनीतिक अवस्था पनि तेस्तै गम्भीर मोडमा आएर अडिएको छ। आज मिति जेष्ठ ८ गते बिहान मन्त्रीपरिषद बैठकको निर्णयले संघिय संसद विघटन भएको छ र साथसाथै कार्तिक २६
मा पहिलो चरण र मङ्सिर ३ गते दोश्रो चरणको निर्वाचन समेत घोषणा भएको छ। जनताहरु अक्सिजन नपाएर उकुसमुकुस भैरहेको बेला देशमा चुनाब सम्भब होला कि नहोला भन्नेमा धेरैको चासो रहेको छ। वाइडबडी लगायतका उडानहरुले अन्य देशहरु बाट अक्सिजन सिलिन्डर त आयात गरिरहेका छन तर तेतिले पर्याप्त भैरहेको अवस्था छैन। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई आफ्नो हिसाबले सुरक्षीत गरिरहेको अवस्थामा नेपालमा भने निषेधाज्ञाको बिकल्प खोज्नै सकिएन। अब घोषणा भए अनुसारको निर्वाचन मिति आउन अझै ६/७ महिना बाकी रहदा आफ्ना नागरिक पुर्ण सुरक्षीत गराउनु सरकारको अपरीहार्यता बनेको छ।
निर्वाचन हुनु बैठिक पनि हैन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षनै निर्वाचन हो तर यो महामारीमा निर्वाचनले देशलाई निकास देला त? "हाम्रा देउता नबोल्ने ढुंगा होइनन्, जनता हुन्।" भन्ने स्व. मदन भन्डारीको भनाइ पनि उत्तिकै लोकप्रिय छ। जनता र देश रोइरहेको बेला राजनितिक खिचातानी कदापी स्विकार्य हुँदैन। यो बेला कसरी धेरै अक्सिजन सिलिन्डर र आइसोलेसन बेड उपलब्ध गराउन सकिन्छ भनेर दलहरुले छलफल गर्न जरुरी छ। अब आउने निर्वाचन भित्र जनतालाई सुरक्षित बनाउन सकियो भन्ने जनताले भोट खसाउन कुनै दुबिधा मान्ने छैनन्।
अब तत्काल सरकारले जनतालाई कोरोना विरुद्ध भ्याक्सिनको सुनिश्चितता गरेर मात्रै चुनाबमा जानुपर्छ। विभिन्न पहल गरेर अन्तर्राष्ट्रिय स्तरबाट वा नेपालमै अक्सिजन प्लान्ट निर्माण गरि जनतालाई बचाउनुपर्छ। अत: महामारीमा प्राथमिकता खोप अनि भोट भनेर सबै दलहरु अघि बढ्नुपर्छ अन्यथा जनताले कसैलाई पत्याउने वाला छैनन्।
सानो प्रयास
ReplyDelete