Skip to main content

नो भ्याक्सिन नो भोट जरुरी छ

 


निर्मल धिताल।बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को दोस्रो भेरियन्टले नेपाललाई निकै प्रभावित पारेको छ।  मृत्यु हुने बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ। कोहि अक्सिजन नपाएर त कोहि बेड नपाएर छट्पटाइरहेका छ्न।


नेपालको राजनीतिक अवस्था पनि तेस्तै गम्भीर मोडमा आएर अडिएको छ। आज मिति जेष्ठ ८ गते बिहान मन्त्रीपरिषद बैठकको निर्णयले संघिय संसद विघटन भएको छ र साथसाथै कार्तिक २६
मा पहिलो चरण र मङ्सिर ३ गते दोश्रो चरणको निर्वाचन समेत घोषणा भएको छ। जनताहरु अक्सिजन नपाएर उकुसमुकुस भैरहेको बेला देशमा चुनाब सम्भब होला कि नहोला भन्नेमा धेरैको चासो रहेको छ। वाइडबडी लगायतका उडानहरुले अन्य देशहरु बाट अक्सिजन  सिलिन्डर त आयात गरिरहेका छन तर तेतिले पर्याप्त भैरहेको अवस्था छैन। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई आफ्नो हिसाबले सुरक्षीत गरिरहेको अवस्थामा नेपालमा भने निषेधाज्ञाको बिकल्प खोज्नै सकिएन। अब घोषणा भए अनुसारको निर्वाचन मिति आउन अझै ६/७ महिना बाकी रहदा आफ्ना नागरिक पुर्ण सुरक्षीत गराउनु सरकारको अपरीहार्यता बनेको छ।

निर्वाचन हुनु बैठिक पनि हैन । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षनै निर्वाचन हो तर यो महामारीमा निर्वाचनले देशलाई निकास देला त? "हाम्रा देउता नबोल्ने ढुंगा होइनन्, जनता हुन्।" भन्ने स्व. मदन भन्डारीको भनाइ पनि उत्तिकै लोकप्रिय छ। जनता र देश रोइरहेको बेला राजनितिक खिचातानी कदापी स्विकार्य हुँदैन। यो बेला कसरी धेरै अक्सिजन सिलिन्डर र आइसोलेसन बेड उपलब्ध गराउन सकिन्छ भनेर दलहरुले छलफल गर्न जरुरी छ। अब आउने निर्वाचन भित्र जनतालाई सुरक्षित बनाउन सकियो भन्ने जनताले भोट खसाउन कुनै दुबिधा मान्ने छैनन्।

अब तत्काल सरकारले जनतालाई कोरोना विरुद्ध भ्याक्सिनको सुनिश्चितता गरेर मात्रै चुनाबमा जानुपर्छ। विभिन्न पहल गरेर अन्तर्राष्ट्रिय स्तरबाट वा नेपालमै अक्सिजन प्लान्ट निर्माण गरि जनतालाई बचाउनुपर्छ। अत: महामारीमा प्राथमिकता खोप अनि भोट भनेर सबै दलहरु अघि बढ्नुपर्छ अन्यथा जनताले कसैलाई पत्याउने वाला छैनन्।

Comments

Post a Comment

Popular posts from this blog

भाइरलको भोक र एजेन्डाको अनिकाल: के हामी साँच्चै सही नेतृत्व खोज्दैछौँ?

  निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्‍यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...

स्वस्तिक छाप भित्र लुकेका हजारौँ सपनाको कथा

चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...

मानसिक स्वास्थ्यको महत्व, चुनौती र पहलकदमी

  निर्मल धिताल, चितवन। आज बिश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १०, मानव जीवनको गुणस्तर र समृद्धि कायम राख्नका लागि मानसिक स्वास्थ्यको महत्त्व अनिवार्य छ। यो केवल व्यक्तिगत स्वास्थ्यको मामला मात्र होइन, सम्पूर्ण समाजको विकास र समृद्धिमा गहिरो प्रभाव पार्दछ।                                विश्वव्यापी रूपमा, मानसिक स्वास्थ्य समस्याहरूको सामना गर्ने व्यक्तिहरूको संख्या निरन्तर बढिरहेको छ, जसले न केवल व्यक्तिगत जीवनलाई प्रभावित गर्दछ, तर समग्र मानव विकास र सामाजिक संरचनामा पनि असर पुर्याउँछ। नेपालमा मात्र होइन, विश्वभरका मानिसहरूले मानसिक स्वास्थ्य समस्याहरूको पीडा भोगिरहेका छन्, जसमा २१.५% नेपाली जनसंख्याले मानसिक स्वास्थ्य समस्या भोगिरहेको तथ्यांकले यथार्थता स्पष्ट रूपमा दर्शाउँछ। सामाजिक लान्छना मानसिक स्वास्थ्य समस्याहरूको प्रमुख चुनौती हो। मानसिक स्वास्थ्यमा समस्या भोग्ने व्यक्तिहरूलाई परिवार र समाजले सामान्यतः नकारात्मक दृष्टिमा हेरिरहेका हुन्छन्। यसले पीडित व्यक्तिहरूलाई उपचार खोज्न र आव...