चितवन। निर्वाचन आयोगका लागि मतदान केवल एउटा प्राविधिक प्रक्रिया र अंकगणितको खेल हो। तर , एउटा आम नेपाली नागरिकका लागि मतदान केन्द्रको त्यो सानो र गोप्य कुना एउटा यस्तो ' चौतारी ' हो , जहाँ पुगेपछि उसले वर्षौँदेखि गुम्सिएर बसेको आफ्नो मनको बोझ हल्का बनाउँछ। बाकसभित्र खस्ने हरेक मतपत्रमा एउटा फरक अनुहार र एउटा छुट्टै सामाजिक परिवेश लुकेको हुन्छ। विशेषगरी पछिल्लो समय नेपालको राजनीतिमा देखिएको ' घण्टी ' को लहर कुनै आकस्मिक घटना मात्र होइन , बरु यो त दशकौँदेखि थुप्रिएको ' सामूहिक आक्रोश ' (Collective Frustration) को परिणाम हो। राज्यको उपेक्षा , पटक-पटक फेरिने सत्ता समीकरण र उस्तै अनुहारहरूको पुनरावृत्तिले वाक्क भएका जनताका लागि नयाँ शक्तिको उदय एउटा अनिवार्य आवश्यकता बनिसकेको थियो। शक्तिशालीहरूसँग सिधा प्रश्न गर्न नसक्ने निरीह मान्छेले आफ्नो सारा गुम्सिएको आक्रोश र भविष्यको झिनो आशालाई त्यही एउटा ' छाप ' मार्फत बाहिर निकालेका छन्। त्यो एक मिनेटको एकान्तमा उसले कुनै दलको झण्डा होइन , बरु आफ्नो मनको बोझ बिसाएको छ। आजको नेपालमा एउटा शिक्षित युवाले विदेशिने पास...
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालमा डिजिटल र भौतिक, दुवै क्षेत्रमा एउटा अनौठो विरोधाभास देखिन्छ। एकातिर देशको भविष्य कोर्ने नीतिगत बहस हुनुपर्ने हो, तर अर्कोतिर व्यक्तिगत कटाक्ष, लाञ्छना र निकृष्ट गालीगलौजको बाढी आएको छ। मनोविज्ञानको एक विद्यार्थीको रूपमा यो प्रवृत्तिलाई नियाल्दा, यो केवल राजनीतिक संस्कारको कमी मात्र होइन, बरु यो हाम्रो मस्तिष्कको बनावट र आधुनिक प्रविधिको एउटा जटिल खेल हो। हाम्रो मस्तिष्कको विकासक्रमलाई हेर्ने हो भने, हामी कुनै पनि सुखद वा सामान्य समाचारभन्दा 'खतरा' वा 'नकारात्मक' सूचनाप्रति छिटो र गहिरो प्रतिक्रिया दिन्छौँ। मनोविज्ञानमा यसलाई 'नेगेटिभिटी बायस' भनिन्छ। यसलाई एउटा व्यावहारिक उदाहरणबाट बुझौँ, मानौँ तपाईंले सामाजिक सञ्जालमा एउटा फोटो वा विचार राख्नुभयो। त्यसमा १०० जनाले "तपाईंको काम धेरै राम्रो छ" भनेर तारिफ गरे, तर एकजनाले मात्र "कस्तो नराम्रो, केही नजान्ने रहेछौ" भनेर गाली गर्यो। अब तपाईंको दिमागले दिनभरि ती १०० जनाको प्रशंसालाई बिर्सिन्छ र त्यही एकजनाको गालीलाई लिएर सयचोटी सोच्छ र तनाव लिइरहन्छ। निर्वाच...